पर्यावरण बचाउन झापाका यी यूवाको पैदल यात्रा सुरु

दमक/
पर्यावरण संरक्षणका लागि झापाका पाँच जना युवाहरुले आजदेखि ६० दिने मेची-महाकाली पैदल यात्रा सुरगरेका छन् ।

आज काँकरभिट्टा स्थित मेची पुलबाट ‘पर्यावरण संरक्षणको निम्ति जागरण अभियान २०८०-२०८१’ नाराका साथ दमकका ४ र शिवसताक्षीका एक जना युवाले मेची-महाकाली पैदल यात्रा सुरु गरेका हुन् ।

दमक नगरपालिका-१० का सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दमक-५ का दिनेश भण्डारी र शिवसताक्षी नगरपालिका-३ का हरि न्यौपानेले ६० दिने मेची-महाकाली पैदल यात्रामा निस्किएका छन् ।

दैनिक ४ देखि ५ घण्टा पैदल हिडेर महाकालीसम्म पुग्दा ५० वटा शहरमा पर्यावरण जोगाउन स्थानीय समाजसेवी, पालिका, युवा र पर्यावरण सम्बन्धी काम गर्ने अभियन्तासँग अन्तरक्रिया गरिने जागरण अभियानका संयोजक सुवास सुवेदीले बताए ।

मेचीदेखि महाकालीसम्म पुग्दा प्रत्यक्ष करिव १३ हजार व्यक्तिहरुसँग अन्तरक्रिया गरिने र करिव १० लाख नागरिक पर्यावरण संरक्षणका लागि जोडाउँदै लैजाने लक्ष्य रहेको उनको भनाई छ ।

‘मानिस, चरा र जिवजन्तुहरु जोगाउन वातावरण स्वाच्छ बनाउनु पर्छ’, सुवेदीले भने-‘पेट्रोलियम पदार्थबाट बनिएका गाडी लगायतका सामाग्रीहरु भन्दा विद्युतीय साधान र वस्तुहरुको प्रयोग गर्न सके प्रदुर्शित वातावरणमा केहि कमी हुनेछ ।’

‘अहिले साघुरो सडकलाई विस्तार गर्न राजमार्गका रुखहरु काटिदैँछन् । विकासका लागि ठिकै हो । तर, पर्यावरणका लागि राम्रो संकेत होइन । सडक बनाएपछि एउटा रुख बराबर ५ वटा विरुवा रोप्नु पर्छ’, -उनले भने ।

अन्तरक्रियामा उठेका सुझावहरुलाई पैदल यात्रा समापनपछि केन्द्रीय सरकारलाई बुझाउने उनले बताए ।

Share: