संसदीय निर्वाचनको झल्को दिने दमकको खानेपानी निर्वाचन (भिडियोमा हेरौ)

khanepani nirwachan

उम्मेदवारहरुको छुट्टा छुट्टै भीड छ । समर्थकहरुलाई घाँटीमा आफ्नो फोटो टासेका प्रचार सामाग्री झुण्डाउन लगाइएको छ । भोट दिनुस है भन्दै आउने हरेक मतदातालाई आफ्नो पक्षमा पार्न प्रभावीत पारिरहिएको छ ।

 

यी दृश्य देख्दा जोसुकैलाई लाग्न सक्छ यहाँ कुनै सरकार बनाउने संसदीयय चुनाव हुदैछ । वा स्थानीय सरकारको चुनाव हुदै छ ।

 

यस्तो लाग्नु पनी स्वभावीकै हो । दमकको खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको आज भएको निर्वाचनको झल्को यस्तै थियो ।

 

यो झल्को आजको मात्रै नभएर मनोनयन दर्ता गर्दै देखीको हो । मनोनयन गर्न जादै खेरी आ आफ्नो प्यानल खडा गरीे उम्मेदवारको नाम तयारी पारेर दल-बल सहित मनोनयन दर्ता गरियो । त्यसपछि झण्डै १३ दिन सम्म चुनाव प्रचार गर्ने अवधि राखीयो । चुनावको अघिल्लो दिन मौन अवधी भनेर भनिएको भए पनि अधिकांश उम्मेदवारले भोट मागीनै रहे ।

 

खानेपानीमा अहिले तीनवटा प्यानल चुनावी मैदानमा छ । एउटा हो काग्रेस राप्रपा र लिम्बुवानको गठबन्धन । अर्को एमाले माओवादी अनी नेकपा एस र जसपा । अनी अर्को गठबन्धन चाहि अघोषीत राष्ट्रिय स्वतन्त्र पार्टि समर्थकहरुको ।

 

यसरी प्यानलगत रुपमा आ आफ्नो टीम खडा गरेर गरिएको निर्वाचलाई दमकका सचेत नागरीकले ठीक मानेका छैनन । भन्छन् यसरी सदस्य सदस्यको चुनाव गराएर अन्य पदाधिकार छान्ने होईन, सोझै अध्यक्षको छान्ने अधिकार आम उपभोक्तालाई दिइयोस । ‘उपभोक्ता तथा पूर्व शिक्षक समेत रहनु भएका मेघराज तिम्सिना भन्नु हुन्छ ‘लोकतन्त्र आएपछि यस्ता सामाजीक सघं सस्थामा हुने निर्वाचन निकै अस्वस्वस्थ्व हुन थालेका छन् । संसदीय निर्याचन जस्तो नभएर यस्ता सस्थामा सोझै पदाधिकारी चयन गर्ने अधिकार उपभोक्तालाईनै दिनु पर्छ । ’

 

लामा लस्कर लाईन छ । सक्नेहरु सजीलै मतदान स्थलमा गएका छन् । नसक्नेहरुलाई हात समातेर , बोकेर डोर्याएर मतदान गर्ने ठाउँ सम्मै पुर्यारहिएको छ । बिभिन्न मतपत्रहरु बनाइएको छ । तीन रङ्गका तीन प्रकारका मतपत्रमा मतदाताले मतदान गरेका छन् । यसरी मतदान गर्न आएकाहरु भन्छन् पानीमा सुद्धता हाम्रो पहिलो आवश्यकता ।

 

१३ हजार बढि उपभोक्ता रहेको यो खानेपानी सस्थानमा ६ हजार हाराहरीको मात्रै परिचयपत्र रहेको छ । बाँकीले परिचयपत्र नबनाएकोले मतदान गर्नबाट बञ्चित भए । अव यहाँबाट निर्वाचीत भएर आएका नेतृत्वहरुले पानीमा सुद्धता , निरन्तर्ता र पर्याप्पतताका साथै सबै उपभोक्ताहरुको मताधिकारलाई समेत सुरक्षीत गर्ने गरीको कार्ययोजना बनाउन आवश्यक छ ।

भिडियोमा हेरौ                                                                                                                                  https://youtu.be/9bOR5X_W2eI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको