दमक/
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले अहिले यूवाहरुको पालायन बढिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । यूवाहरु देशमा केहि पनि भएन भनेर विदेश मात्रै गइरहेको परिप्रेक्षमा नेपालमै पनि यूवाहरुले सम्भावना देखेर बसेकाहरुका प्रतिनिधी देख्दा खुसी लागेको बताउनु भयो ।
आज झापाको दमकमा आयोजना गरिएको रोट्र्याक डिस्ट्रिक ३२९२ को दोस्रो पि एस मिट तथा पेट्स सेट्स कार्यक्रममा बोल्दै प्रमुख थापाले भन्नु भयो ‘नेपालमैपनि अवसर र सम्भावना देखेर केहि गरीरहनु भएका तपाईहरुलाई देख्दा खुसी लाग्यो । अव तपाईहरुलेनै अन्य यूवाहरुलाईपनि विदेश पलायन रोक्नलाई अभिप्रेरीत गर्नु पर्छ ।’
यूवाहरुबाट देशले निकै ठुलो अपेक्षा गरेको र त्यो अपेक्षा पुरा गर्ने तहमा यूवाहरुको नेतृत्व समेत विकास भइरहेको बताउदै उहाँले भन्नु भयो ‘तपाईहरुको क्षमता र योग्यतालाई यही काम गर्ने वातावरण बन्न पर्छ भन्ने कुरामा म प्रतिवद्ध छु ।’
कार्यक्रममा रोट्र्याक क्लवको डिस्ट्रिक ३२९२ मा आवद्ध देशभरका यूवाहरुको प्रतिनिधीमुलक उपस्थिती रहेको थियो ।
८ सय जना भन्दा बढि सहभागी भएकाहरुलाई व्यवस्थापन चाहि रोट्र्याक क्लव अफ दमकले गरेको थियो । अर्थात यो कार्यक्रमको पूर्ण होष्ट दमकको क्लवले गरेको हो ।
भिडियोमा हेरौ