दमक/
राष्ट्रिय प्रजातन्त्र पार्टि दमक नगर समितीका अध्यक्ष हेम सुवेदीले पार्टिबाट राजीनामा दिनु भएको छ ।
भर्खरै दमकमा सम्पन्न भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितीको लेखा संयोजक पदमा पराजीत भएपछि उहाँले सामाजीक सञ्जाल मार्फत राजीनामा दिनु भएको हो ।
पार्टिको नगर अध्यक्ष भएर पनि खानेपानीको लेखा समिती संयोजकमा आफुले जीत्न नसकेकोले पार्टिको जिम्मेवार स्थानमा बसीरहन नैतिक रुपले समेत उपयूक्त नभएको भन्दै उहाँले राजीनामा दिनु भएको हो ।
पार्टिमा अध्यक्ष भएर काम गरुञ्जेल सहयोग गर्ने सबैलाई आभार पनि व्यक्त गर्नु भएको छ ।
उहाँ खानेपानीको निर्वाचनमा काग्रेससँग गठबन्धन गरी चुनावमा होमीनु भएको थियो ।
उहाँकी निकतम प्रतिस्पर्धी एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएकी अर्थशास्त्री राधिका ओझा निर्वाचीत बन्नु भएको थियो ।