टोपीको चर्चा

दमकमा भव्य रुपम मनाइयो टोपी दिवस, टोपीको बैज्ञानीक महत्व समेत रहेको बिज्ञहरुको भनाई

दमक/
अंग्रेजी नयाँ वर्षको दिनलाई नेपाली जनमानसले भने फरक तरिकाले मनाउन थालेका गरेका छन् । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै २०७० सालदेखि आम नागरिकले स्वत स्फूर्त रुपमा टोपी दिवस मनाउन थालेका हुन ।

मेरो टोपी कैलाशको शिर जस्तो..,
हिमलको भीर जस्तो…….

यो गीतमा गायक गोपाल योञ्जनले भन्नु भएको जस्तै नेपाली टोपीको महिमा कैलाशको शिर जस्तै छ । हिमालको भिर जस्तै छ । कहिलै नझुक्ने यी हिमाल र पहाड जस्तै नेपाली टोपी लगाउने नागरिकको शिर पनि सँधै उच्च हुन्छ । यो टोपी लगाउँदा आम नेपालीको शिरसँधै माथी मात्रै हुन्छ । यो भावले नेपाली राष्ट्रियतालाई बलियो बनाउछ ।

बिदेशको जुनसुकै कुनामा गएपनि ढाका टोपी लगाउनेले आफ्नो पहिचान बताइरहनै पर्दैन । नेपाली हो भन्ने कुरा टोपी हेरेरै थाह हुने गर्दछ । विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको नेपाली टोपीको महिमा अत्याधिक छ । यसका नाममा बिभिन्न गीत रचिएका छन् ।

कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीले दिने गर्दछ । टोपीको महत्व नयाँ पुस्तालाई थाह दिनकालागि झापाको दमकमा जीवन चक्र समाजले टेपी दिवस मनायो । शनिबार बिहान सम्पन्न भएको कार्यक्रममा होमियो पैथिक चिकित्सक तथा समालोचक डा. लेखनाथ न्यौपालेने नेपालको पहिचान सगरमाथा र अन्य पहाडजस्तै टोपी पनि रहेको उल्लेख गर्नु भयो । टोपीले राष्ट्रिय एकता गराउने भएकोले यहाँ न जात न धर्म न धनी न गरिव केहिको पनि बर्गिकरण नगरी सबैलाई एकतामा राख्ने र एउटै पहिचान दिने भएकोले नेपाली टोपीको उच्च महिमा रहेको डा. न्यौपानेले उल्लेख गर्नु भयो ।

टोपी लगाउँदा यसले पहिचान मात्रै झल्काउदैन । यसले शरिरमा बिभिन्न प्रकाकारका शक्तीपनि पैदा गराउँछ । बिषेश गरि मस्ष्तिकलाई यसले थप चलायमान बनाउन , सकरात्मक सोचको विकास गराउन मद्यत गर्ने जानकी मेडिकल कलेज एण्ड हस्पिटलका सञ्चालक समितीको सल्हाकार तथा यहि अस्पतालका अन्तराष्ट्रिय सम्बन्धका निर्देशक प्राध्यापक डा. राम प्रसाद उप्रेतीलेले बताउनु भयो ।

पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूणर् छ । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो ।

क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।

भिडियो हेर्नुस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर

नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

काठमाडौं,६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल

प्रधानमन्त्रीको न्युयोर्क यात्रामा कुनै किसिमको ‘तामझाम’ नगरिने

काठमाडौँ,६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने हुनुभएको छ। उच्चस्तरीय

जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’

काठमाडौं,६ असोज । जलवायु न्याय, जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति तथा जीवाश्म इन्धनमुक्त भविष्यको माग गर्दै गत शुक्रबार काठमाडौंको बसन्तपुरसहित नेपालका विभिन्न स्थानमा ‘ग्लोबल डे अफ एक्सन’

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका