दमक आगोलागी, २ करोड बढिको क्षती, लाईफ लाईन अस्पतालको डायलाइसीस सेवा पूर्ण रुपमा ध्वस्त

दमक/
झापाको दमकमा मंगलबार बेलुका लागेको आगोका कारण २ करोड बढिको क्षती भएको पीडितहरुले बताएका छन् ।
दमक ५ स्थित लाईफ लाईन अस्पतालको पश्चिम तर्फको भवनसँगै टासीएको प्रेम धिमालको घरमा आगोलागी भएको थियो ।

 

उहाँको घरबाट सुरु भएको आगोको मुस्लो लाईफलाईन अस्पतालको डायलाइसीस गराउने भवनमा समेत पस्दा झण्डै २ करोड बढिको उपकरण र अन्य सामाग्री नष्ट भएको अस्पतालका अध्यक्ष डा. मुक्ति भट्टराईले उज्यालो खवरलाई जानकारी दिनु भयो । ‘अव नयाँ सेटअप नगरे सम्म अस्पतालमा डायलाइसीस सेवा पूर्ण बन्द भयो डा. भट्टराईले बताउनु भयो ।

यता धिमालको अस्पतालसगै टासीएको आर सिसि घरको भीत्री भाग पूर्णरुपमा जलेर नष्ट भएको छ । घर भित्र राखीएका कुनैपनि सामान जोगाउन समेत नसकीएको स्थानीय बासिन्दाले बताएका छन् ।

घटना भएकै बखत देखी क्षती न्यूनिकरणमा खटिनु भएका स्थानीय छवि खतिवडाले धिमालसँग कुराकानी गर्दा घरभीत्रका सबै सामान र भौतीक क्षती साथै सो घरको दक्षिण तर्फ रहेको अर्को सानो घर समेत जल्दा झण्डै ७० लाख बराबरको क्षती भएको छ ।
यी घरमा खाजा पसल सञ्चालनमा रहेका थीए ।

प्रहरीले क्षतीको स्थिती हेरेर यसको पूर्ण मुचुल्का बनाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साँझको समयमा घरमा लामखुट्टे भगाउन कुखुराको अण्डाको क्रेड बाल्दा त्यहिबाट आगो सल्केर फैलीएको बताइएको छ ।

आगो नियन्त्रण गर्न दमक सहित उर्लाबारी, कमल, गौरादह लगायतको क्षेत्रबाट गरी ६ वटा दमकल ल्याइएको थियो ।

Share: