दमक/
झापाको कमलमा भेट्रान फुटवल प्रतियोगीता हुने भएको छ । यही बैशाख ७ गते देखी १७ गते सम्म कमल -५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
दमक -लखनपुर भेट्रान क्लवले आयोजना गरेको यो प्रतियोगीताको छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८१ नाम दिइएको छ ।
प्रतियोगितामा पूर्वका चर्चित १८ वटा टिमको सहभागिता रहने जनाईएको छ ।
क्लवका अध्यक्ष दिवस राईका अनुसार प्रतियोगितामा विजेता हुनेले एक लाख ११ हजार एक सय एघार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुनेले नगद ५५ हजार ५ सय ५५ पाउने छन् । यसैगरि , प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत वितरण गरिने जनाएको छ । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले र दोश्रो पुरस्कार क्याप्टेन अजेन तुम्बापोले आफना मातापितााको नाममा प्रायोजन गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा क्लवका खेल संयोजक मीन मगर, क्याप्टेन अजेन तुम्बापो, कोषाध्यक्ष लक्ष्मण मादेन लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।
विस २०६९ सालदेखि शुरु भएको यस प्रतियोगिता कोभिड लगायतका कारण विगत चार वर्ष भने सञ्चालनमा आउन सकेको थिएन् ।
प्रतियोगिताको उद्घाटन खेल काकडभिटटा भेट्रान र झिलझिले भेट्रान क्लव वीच प्रतिष्पर्धा हुने छ भने दोश्रो दिनदेखि दैनिक दुई वटा खेल सञ्चालन हुने क्लवका क्याप्टेन अजेन तुम्बापोले जनाएका छन् ।
प्रतियोगितामा आयोजकसहित धरान,इटहरी, काकाड्भिटटा,रामधुनी, इलाम ,विर्तामोड,झिलझिले, राजरानी,चन्द्रगढी, उर्लावारी, दुधे, धाइजन, कन्काई, युनाईटेड,विराट ,एभरेष्ट भेट्रान लगायतका क्लवहरुको सहभागिता रहने जनाइएको छ ।
भिडियो हेरौ