सुन्दर समाजलाई नजीकबाट चीन्न थाह पाउ यी कुराहरु (भिडियोमा हेरौ)

दमक/
तपाई हामी बसेको समाज सुन्दर त यसै नै छ । तर यसको सुन्दतारमा दाग लगाउने बिभिन्न गतिबिधी यही हुने पनि गर्छ । अनी केहि अवस्थाका कारण स्थितीले गर्दा पनि समाजको सुन्दरतामा फिक्का पन आइरहेको छ ।

 

हाम्रो समाजमा अझैपनि धेरै बालबालिकाहरु विद्यालय जानबाट वञ्चित छन् । प्रमुख कारणनै आर्थीक विप्पन्नता हो । यसैका कारण कयौ बालबालिका लागु औषधको सिकार पनि भएका छन् । खास गरेर त्यस्ता समुदायका बालबालिका अवैद्ध रुपमा लागु पदार्थको भरीया बनेर आफ्नो भविष्य वर्वाद गरिरहेका छन् ।

 

कतिपय वेवारीसे बालबालिकाहरु सडकमा भेटिन्छन् । जसको भविष्य निकै अन्यौल छ । किनकी उसले शिक्षा र सस्कार पाउन सकेको छैन । जहाँ जस्ले दिन्छ त्यहि खाने र जहाँ पुग्यो त्यही बस्ने । यसरी जीन्दगी चलाईरहेका पनि कयौ बालबालिकाहरु रहेका छन् ।

सुन्दर समाजको यस्ता असुन्दर स्थितीले गर्दा समाजमा वर्ग विवेद, अनी शैक्षिक विवेद कयौले भोगीरहनु परेको छ ।

समतामुलक समाज निर्माण गर्ने सरकारको संवैधानीक व्यवस्था छ । त्यो व्यवस्था राज्य एक्लैको प्रयासले सम्भव हुदैन । यसलाई पुरा गर्न नागरीक तहबाट पनि केहि न केहि योगदान गर्नै पर्छ भन्ने सोचका साथ झापाको दमकमा जन्म भयो सुन्दर समाज नेपाल ।

यो स्थापनाको एउटा निकै गज्जवको किस्सा पनि छ । यसकी अध्यक्ष बिन्दु सिटौला लक्की स्मरण गर्दै भन्नु हुन्छ ‘दमकमा एक वेवारीसे बालक भेटे । उनको अवस्था एकदमै दयनीय थियो । म आफैले घरमा ल्याए । सरसफाई गरिदिए । अनी कपडा लगाएर विद्यालय जाने वातावरण मिलाए । मलाई यो काम गर्दा निकै आनन्द आयो । र यस्ता काम गर्न एउटा समुह चाहिने रहेछ भनेर हामीले सुन्दर समाज नेपाल निर्माण गरेका हौ ।’

यो समाजले अव त्यस्ता बालबालिका जो आर्थीक अभावले विद्यालय जानबाट वञ्चित भएका छन् । उनीहरुको पठन पाठनको जीम्मा लीने छ । पछिल्लो समय बालबालिका तथा यूवा पुस्ता लागु पदार्थ दुव्र्यसनीको कुलतमा फसेका छन् । यसबाट बचाउने सचेतनाका कार्यक्रम टोल टोलमा लगेर समाजमा सुन्दरता थप्ने काम गर्ने अध्यक्ष सिटौला बताउनु हुन्छ ।

यस्ता काम गर्न भनेर जुट आँट र हिम्मत गरीएको छ नी यसको गन्तव्यमा पुग्न उती सहज चाहि छैन । पहिलो कुरा समय निकाल्नु पर्यो । समयसगै काम गर्न आवश्यक पर्ने आर्थीक श्रोत जुटाउनु पर्यो । अहिले यो सुन्दर समाज नेपालमा दमकका व्यवसायीक महिलाहरु आवद्ध हुनुहुन्छ । हरेक सदस्यहरु कुनै न कुनै पेषा वा व्यवसायमा आवद्ध भएकोले अहिले तत्काललाई आफ्नै कमाईको निशिचत प्रतिशत छुट्याएर सामाजीक काम गर्ने गरिएको छ । तर यो दीर्घकालीन भने हुदैन । र यी काम सरकाको तहबाट समेत गरीन आवश्यक रहेकोले सरकारका तीन तहसँगैनै समन्वय गरेर समेत संविधानमा लेखीएको समतामुलक समाज निर्माण गर्नमा आफुहरु लागी पर्ने अध्यक्ष सिटौलाको संकल्पक छ ।

समाजमा धेरै प्रकृतीका मानीसहरु छन् । सबैको जीवन आ आफ्नै तरिकाको छ । तर शारीरिक रुपमा अशक्त रहेका पाङ्गगता भएकाहरुले जीवन जीउन सपाङ्गताको तुलनामा थप संघर्ष गर्नु पर्छ । त्यसैले सुन्दर समाज नेपालकी सचिव गंगा ढकाल भन्नु हुन्छ ‘हामी अपाङ्गता भएकाहरुको क्षेत्रमा पनि केहि कार्यक्रम लिएर जाने छौ । उहाँहरुलाई जीन्दगीको महत्व बुझाउने र उहाँहरुले गर्न सक्ने कामका अवसरहरु बारेमा थाह दिने गरिका कार्यक्रम लिएर अपाङ्गता भएकाहरुसमक्ष पनि हामी जाने छौ ।’

यो सस्था बिधिवत रुपमा भर्खरै मात्र सुरु भएको हो । यसले आफ्ना गतिविधिलाई सुस्त गतीमा समाजमा स्थापीत गरिरहेको छ । तर यसको जतिबेला देखी परिकल्पना गर्न थालीयो त्यो बेला देखीनै यसले अनपौचारीक रुपमा समाजसग जोडीएर काम चाहि गरिरहेको छ । समाजकी अर्की सचिव समेत रहनु भएकी मनु साम्पाङ भन्नुहुन्छ ‘हामी समाजसग जोडीएर समाजलाई थप सुन्दर बनाउने काम गर्न थालेको त केहि वर्षनै बितिसक्यो । यो बिचमा हामीले सरसफाईका काम, विभिन्न स्थानमा गएर न्यानो कपडा वितरण गरेका छौ । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिने काम गरेका छौ । सामाजीक सचेतनाका काम पनि गरीनै रहेका छौ । ’

यो समाजले अहिले पनि यहाँ रहेका बिक्रिती विसङ्गती , अभाव र समस्यामा रहेका वर्ग तथा समुदायमा केन्द्रित रहेर काम गरिरहेको छ । समाजलाई हरेक कोणबाट सुन्दर बनाउनु पर्छ भन्ने सोच राख्नेहरु यो सस्थामा जोडीन सक्ने भन्दै इच्छुकहरुलाई सहकार्यकालागी आह्वान समेत गरीएको छ ।
भिडियोमा हेरौ

Share: