कोभिड बुटि श्रींखला ३ :भाग ४

 कोरोना, ओमिक्रोन र यसले बालबालिकाको सिकाईमा पारेको असर, डा श्रेष्ठ भन्छन् ‘ नआत्तीउनुस सावधानी अपनाए केहि हुँदैन’ (भिडियो सहित)

दमक/
कोरोनाका कारण बालबालिकाको सिकाई पक्रियामा निकै असर देख्यो । महिनौ मात्र होईन वर्षदिन सम्म विद्यालयका कोठा बन्द भए । लामो अन्तरालपछि अहिले विद्यालय सञ्चालन भएका छन् । नियमित पठाई सुरु भएको छ । तर फेरि ओमिक्रोन नामक कोरोनाको अर्को भेरियेण्टले विस्वमै संक्रमण बढाइरहेपछि नेपालका अभिभावकहरुमा पनि चिन्ता सुरु भएको छ । के फेरि विद्यालय होला वा ओमिक्रोनको असर बालबालिकामा कस्तो पर्ला भन्नेबारेमा । कोभिड बुटिको तेस्रो श्रींखला अन्तर्गतको चौथो भागमा ओमिक्रोनको कती जोखिममा बालबालिका छन् भन्नेबारेमा चर्चा गरिएको छ ।

झापाको दमक ९ का बोधराज सञ्जेलका ३ जना छोराछोरी छन् । यसमध्ये २ जना विद्यालयमा पढीरहेका छन् । एक जना कक्षा ६ मा र अर्को चाहि कक्षा १ मा । अहिले उहाँका छोराछोरी विद्यालय जाने गर्छन । झण्डै २ वर्षको शैक्षिक सत्र नै अवरोध पुर्याएको कोरोनाले अहिले विद्यालय सञ्चालन भएको हो । कोरोनाले सबै क्षेत्रमा असर पुर्याइरहदा अव आफ्ुना छोरोछोरीको पढाई के हुने होला भन्ने चिन्ता आम अभिभावकमा थियो । उहाँमा पनि चिन्ता थियो । तर अहिले विद्यालय सुरु भएको छ । छोराछोरीले पढ्न पाएकोमा उहाँ खुसी त हुनुहुन्छ तर फेरि कोरोनाको अर्को परिवर्तीत रुप ओमिक्रोन नेपालमा आएपछि कतै फेरि विद्यालय बन्द पो हुने हो कि भन्ने सञ्जेल चिन्तामा हुनुहुन्छ ।

अहिले सञ्चालन भएका विद्यालयमा विद्यार्थीहरुमा मास्कको प्रयोगलाई अनिवार्य गराउने गरिएको छ । शिक्षकहरुले कोरोना भाईरसका बारेमा कक्षा कोठामै पनि जानकारी गराइरहनु भएको हुन्छ । तर नेपालका विद्यालयमा कक्षा कोठाको संरचना साँधुरो भएकोले भौतीक दुरी भने अपनाउन चुनौती देखिन्छ । एउटै ब्रेन्चमा ५ देखी ६ जना सम्म विद्यार्थी बसेका छन् । दमक २ मा रहेको हिमालय माद्यमिक विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले विद्यार्थीहरुमा कस्तो मास्क लगाउने, कसरी लगाउने जस्ता कुराको जानकारी गराउने गरेको बताउनु भयो । भौतिक दुरी कायम गराउन नसकेकोमा चाहि उहाँले चिन्ता पनि व्यक्त गर्नु भएको छ ।

 

कोरोनाको परिवर्तीत भाईरस ओमिक्रोन अहिले दु्रत गतीमा संक्रमण फैलाइरहेको छ । यसले शारिरिक रुपमा कम असर देखाएपनि संक्रमित हुनेको संख्यामा भने उच्च गतीमा देखिएको छ । यसको रोकथाम तथा नियनत्रण गर्नका लागि विभिन्न मुलुकहरुले नयाँ नयाँ नियमहरु बनाइरहेका छन् । नेपालका सिमावर्ती स्थानमा कडाई गर्न थालीएको छ । यस अघिको कोभिडमा पनि बालबालिकालाई निकै असर गर्छ भनेर भनियो । तर तथ्यांकमा त्यो देखिएन । कतिपय देशहरुले कोभिडबाट बच्नका लागि १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई यसका विरुद्धमा खोप लगाउन सुरु गरि सके । नेपालमा भर्खरै १२ वर्ष उमेर भन्दा माथीका बालबालिकालाई खोप लगाउने योजना सुरु गरिदैछ । यसले गर्दा कोरोनाको उचच जोखिममा बालबालिका रहेको आम्दा अस्पताल दमकका बालरोग विषेशज्ञ डा. लिला सुन्दर श्रेष्ठ बताउनु हुन्छ । बालबालिमामा कोरोना संक्रमण आफै आउँदैन । अभिभावक मार्फत आउन सक्ने भएकोले अभिभावक सचेत भएमा बालबालिकालाई बचाउन सकिने र विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई थप कडाई गराउन डा. श्रेष्ठको सुझाव रहेको छ ।

दमकमा बालबालिकालाई ओमिक्रोन सहित अन्य रोग लागेमा उपचार गराउन बाल अस्पतालनै बनी रहेको छ । यो भौतीक संरचना निर्माणको कुरा हो । योसँगसँगै दमक नगरपालिकाले अभियानका रुपमा सबै विद्यालयमा कोभिड र कोभिडको परिवर्तीत रुपहरुका बारेमा जानकारी गराउने अभियान नै सञ्चालन गर्ने जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने