चिसोबाट हुने एलर्जी

जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम

 

 

विराटनगर । जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा.प्रशन्न नापेले बताउनुभयो ।

छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या हुन्छ । साथै प्रदूषण बढ्ने भएकाले पनि समस्या जटिल बन्न सक्छ ।

चिसोबाट हुने एलर्जीबाट दीर्घकालीन असर पर्ने भएकाले जोगिनुपर्ने उहाँको भनाइ छ । सकेसम्म हातमा पञ्जा लगाउने, खुट्टामा मोजासहित जुत्ताको प्रयोग गर्ने, छालालाई सुक्खा हुन नदिने तथा सङ्क्रमण भइहालेमा जथाभाबी औषधि प्रयोग नगरि विशेषज्ञलाई देखाउन उहाँको सुझाव छ ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा। शशी हिराचनका अनुसार जाडोमा शरीरलाई चिल्लो पार्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ । छालामा देखिने पुरानो दाद जस्तो रोगले गम्भीर असर पार्ने भएकाले बेलैमा सचेत बन्नुपर्नेमा उहाँको जोड छ । अरू बेलाभन्दा जाडोमा शरीरको प्रतिरोध क्षमता कमजोर हुन्छ ।

कम घाम लाग्ने र घाम लागे पनि नताप्ने गर्दा शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ । यो बेला विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगका सङ्क्रमण जोखिम धेरै हुन्छ । श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगी समेत बढ्ने गरेका छन् ।

चिसोमा सामान्यतया रुघाखोकी, निमोनिया जस्ता अरु पनि विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन डा।नापेको सुझाव छ । काठमाण्डौ उपत्यकासहित तराईमा चिसो ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोले जनजीवन थप प्रभावित बनेको छ ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढी प्रभावित भएका छन् । तातो र झोलिलो पदार्थ खाने, न्यानो लगाउने, घाम ताप्ने तथा व्यायाममा पनि ध्यान दिन सके चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने डाक्टरको सल्लाह छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ओखलढुंगाका दुई दाजुभाईद्वारा सगरमाथा र लोत्से आरोहण

सोलुखुम्बु,१७ जेठ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमाल मध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गर्नु भएको छ । जीवन तामाङले विश्वको

कर्णालीको विकासमा बजेटको प्राथमिकता तर कार्यान्वयनमा आशंका

सुर्खेत,१७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकता दिएको छ । तर सरकारले बजेटमा ल्याएका योजनाहरुमा बजेट उल्लेख नहुँदा

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि