चिसोबाट हुने एलर्जी

जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम

skin (1)

 

 

विराटनगर । जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा.प्रशन्न नापेले बताउनुभयो ।

छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या हुन्छ । साथै प्रदूषण बढ्ने भएकाले पनि समस्या जटिल बन्न सक्छ ।

चिसोबाट हुने एलर्जीबाट दीर्घकालीन असर पर्ने भएकाले जोगिनुपर्ने उहाँको भनाइ छ । सकेसम्म हातमा पञ्जा लगाउने, खुट्टामा मोजासहित जुत्ताको प्रयोग गर्ने, छालालाई सुक्खा हुन नदिने तथा सङ्क्रमण भइहालेमा जथाभाबी औषधि प्रयोग नगरि विशेषज्ञलाई देखाउन उहाँको सुझाव छ ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा। शशी हिराचनका अनुसार जाडोमा शरीरलाई चिल्लो पार्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ । छालामा देखिने पुरानो दाद जस्तो रोगले गम्भीर असर पार्ने भएकाले बेलैमा सचेत बन्नुपर्नेमा उहाँको जोड छ । अरू बेलाभन्दा जाडोमा शरीरको प्रतिरोध क्षमता कमजोर हुन्छ ।

कम घाम लाग्ने र घाम लागे पनि नताप्ने गर्दा शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ । यो बेला विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगका सङ्क्रमण जोखिम धेरै हुन्छ । श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगी समेत बढ्ने गरेका छन् ।

चिसोमा सामान्यतया रुघाखोकी, निमोनिया जस्ता अरु पनि विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन डा।नापेको सुझाव छ । काठमाण्डौ उपत्यकासहित तराईमा चिसो ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोले जनजीवन थप प्रभावित बनेको छ ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढी प्रभावित भएका छन् । तातो र झोलिलो पदार्थ खाने, न्यानो लगाउने, घाम ताप्ने तथा व्यायाममा पनि ध्यान दिन सके चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने डाक्टरको सल्लाह छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।