दमक/
के तपाई शारिरीक सुगठनमा रुची राख्नु हुन्छ ? अनी तपाई कोशी प्रदेशभीत्र बसोबास गर्नु हुन्छ ? उसो भए तपाईकालागी एउटा अवसर छ । त्यो हो‘मिस्टर कोशी’ ।
यो प्रतियोगीता गर्ने भएको छ शारिरीक सुगठन तथा फिटनेश महासघं झापाले । यही असार २२ गते झापाको दमकमा ।
प्रदेशभरीबाट करिव ५० देखी ६० जना सहभागी गराएर त्यसमध्येबाट उत्कृष्टलाई छनौट गरी ‘मिस्टर कोशी’ बिजेता घोषणा गरीने जनाइएको छ ।
प्रतियोगीतामा बिभिन्न ५ तौल समुह निर्माण गरीएको छ । जस अन्तर्गत तपाई जुन तौलमा पर्नु हुन्छ त्यो समुहमा सहभागीता जनाउन सक्नु हुने छ ।
पहिलो ५०–५५ केजीको, दोस्रो ५५–६० केजीको, तेस्रो ६०–६५ केजीको, चौथो ६५ –७० केजीको र पाँचौमा ७०+…. केजी समुह गरी पाँच वटा समुह निर्धारण गरीएको छ ।
यसरी समुहगत रुपमा सहभागी भएकाहरुलाई पहिलो चरणमा समुहभित्रै प्रतिस्पर्धा गराइने छ । सबै समुहबाट उत्कृष्ट भएकाहरुलाई अन्तिम राउण्डमा लगीने र अन्तीम राउण्डबाट उत्कृष्ट बनेकालाई ‘मिस्टर कोशी’ घोषणा गरिने आयोजक सस्थाका अध्यक्ष दीप साउदेन लिम्बुले उज्यालो खवरलाई जानकारी दिनु भयो ।
यसरी समुहगत रुपमा उत्कृष्ट बिजेता बनेकाहरुलाई क्रमश प्रथम १ लाख ५० हजार, द्धितिय १ लाख, तृतीयलाई ५० हजार , चौथोलाई ३० हजार र पाँचौलाई २० हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै समुहगत रुपमा उप बिजेता र तेस्रो बनेकाहरुलाई समेत पुरस्कारको व्यवस्था मिलाइएको लिम्बुले जानकारी दिनुभयो ।
समुहगत उप बिजेतालाई नगद ७ हजार र तृतिय हुनेलाई नगद ५ हजार सहित मेडल , ट्रफि र प्रमाणपत्र प्रदान गरीने छ ।
प्रतियोगीतामा सहभागीता जनाउन प्रदेशभरी रहेका बिभिन्न जीमहलहरुलाई परिपत्र पनि गरीने जनाइएको छ । प्रदेशभरी १ सय ५० हाराहारीमा जीमहलहरु रहेको अनुमान छ ।
दमकमा हुने प्रतियोगीता भएकोले स्थानीय समन्वय चाहि दमकमा रहेको बिस्ट फ्याक्ट्रीले गर्ने बताइएको छ ।
यो प्रतियोगीता गर्न कोशी प्रदेश सरकार अन्तर्गतको खेलकुद विकास बोर्डले आर्थीक सहयोग गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगीता सम्पन्न गर्न १० लाख रुपैँया भन्दा बढि खर्च हुने अनुमान गरिएको छ ।