अत्याधिक चिसोको कारण जनजीवन प्रभावित

शीतलहरका कारण जनजीवन कष्टकर

 

महोत्तरी / महोत्तरीमा चिसोको कारण जनजीवन प्रभावित बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो । अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ ।
शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्नो छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो बाल्न थालेका छन् । विद्यार्थी आउनेको संख्या घट्दै र चिसो बढेपछि सोनामा गाउँपालिकाले तीन दिनको लागि बन्द गरेको छ भने अन्य पालिकाले समेत धमाधम विदा दिने तयारी गरिरहेका छन् ।


महोत्तरीलगायत प्रदेश २ का आठवटै जिल्लामा सावधानी अपनाउन मौसमविदहरूले चेतावनी दिएका छन । चिसो बढेकै कारण निजी तथा सामुदायिक विध्यालयहरूले आन्तरिक परीक्षाहरू सञ्चालन गरिरहेका छन् ।
पछिल्लो एक दशकयता शीतलहरको प्रभाव बढ्दै गएको छ । एक अध्ययनअनुसार महोत्तरीको मात्र शीतलहरको कुरा गर्ने हो भने विगत २० वर्षदेखिको तापक्रम हेर्दा औसत अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टीग्रेडको फरक पाइएको छ । त्यसैले अधिकतम र न्युनतम तापक्रमबीचको अन्तर जति बढ्दै जान्छ त्यति नै शीतलहरको प्रकोप बढ्दै जाने विज्ञहरूको भनाइ छ ।


युनीएसडीआर र युएनडीपीको सन् २००१ देखि २०११ सम्मको तथ्यांक हेर्दा तराईका जिल्लामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित जिल्ला मानिन्छ । २०११ देखियता शीतलहरका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी महोत्तरीका नै छन् ।
खाडीतिरबाट पाकिस्तान, जम्बुकास्मिर, दिल्ली हुँदै आएको हावाको एउटा लप्काले तराई भेगमा प्रवेश पाउने र पश्चिमी हावाको प्रभाव जमेपछी चुरेबाट दक्षिणको भागमा अधिकांश रुपमा शीतलहर देखिने एउटा प्रक्रिया भए पनि पछिल्लो समय जलवायुको परिवर्तनले नियमित चक्रमा समेत फेरबदल हुने क्रम बढेको वातावरणविदहरूको भनाइ छ ।


लामो समयदेखि महोत्तरीका पालिकाहरूमा वातावरण्ीय क्षेत्रमा काम गर्दै आएका विराट पन्त चिसोको उतारचढाव पनि जलवायु परिवर्तन कै परिणाम रहेको बताउँछन् ।
महोत्तरीको कुनै पनी पालिकाका जनप्रतिनिधिहरूले सर्वसाधारणको स्वास्थ्यमा शीतलहरले प्रतिकुल प्रभाव पार्न सक्ने जोखिमतर्फ ध्यान दिन सकेका छैनन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न