दमक/नेपाली कृकेटर दिपेन्द्र सिहं ऐरी बिहिबार दमक आए । उनी दमकमा रहेको ग्रेस इन्टरनेशनल कन्सलटेन्सीको कार्यालयमा केहि बेर बसे ।
त्यहाँ विदेश पढ्नकालागी परामर्ष लिन तथा भिषाको प्रकृया गर्न आएका विद्यार्थीसग उनले व्यक्तिगत र सामुहिक फोटो सेसन गरे ।
निकै कम बोल्ने ऐरी कन्सलटेन्सीमा आएका विद्यार्थीमाझ उती खुलेनन् । उनको मुहारमा यूवाहरुसग भेट्दा बेग्लै उर्जा प्राप्त भएको महसुस भएको देख्न सकिन्थ्यो । तर उनको कम बोल्ने बानीका कारण सबैसग हासेर बोल्दै बसीरहन सकेनन । कन्सलटेन्सीमा आएका विद्यार्थीहरुले फोटो खिचिसकेपछि उनी मुसुक्क हास्थे । र भीत्र रहेको म्यानेजरको कोठामा गएर बसी हाल्थे ।
त्यसपछि उनी दमक ४ मा रहेको आस्था कलेज अफ म्यानेजमेण्डको प्राङ्गणमा पुगे । भर्खरै एस इ इको नतिजा सावैजनिक भएपछि कलेजले बिहिबारनै प्रवेश परिक्षा गराएको थियो । सो परिक्षा सकेर विद्यार्थीहरु उनकै प्रतिक्षामा बसीरहेका थीए ।
सयौ विद्यार्थीहरुको भीडमा ग्रेसको व्यवस्थापकीय टीम सहित पुगेका ऐरीलाई कलेजमा स्वागत गरीयो । त्यसपछि सामान्य औपचारीक कार्यक्रम भएपछ सञ्चारकर्मी राधाकृष्ण धितालले त्यहाँ केहि प्रश्नोत्तरको खेल खेलाएका थीए ।
उनले ग्रेस इन्टरनेशनल कन्लसटेन्सी, कृकेट, र कृकेटर ऐरीसग सम्बन्धीत रहेका केहि प्रश्न गरे । जवाफ जान्ने विद्यार्थीले हात उठाएर त्यसको जवाफ दिए । सहि जवाफ दिनेलाई ऐरीको हस्ताक्षरीत कृकेट ब्याट उपहार स्वरुप प्रदान गरिएको थियो ।
यो क्रममा झण्डै १०÷१२ वटा प्रश्न सम्म निरन्तर चलीरह्यो । विद्यार्थीले जानेजति प्रश्न दिए । अनी उपहार पनि जीते ।
अनी यहाँ रहेको कृकेट खेल्ने विद्यार्थीहरुको समुहलाई जर्सी पनि प्रदान गरियो । यी सबै कामपछि ऐरीले भने ‘मपनि यस्तै स्कुल र कलेजमा हुने कृकेट खेल्दै अहिले यो स्तरमा आएको हु । मिहनत गर्नुस । नेपालमा कृकेटको भविष्य राम्रो बन्दै छ ।’
उहाँले कृकेटमा गरेको संघर्ष , प्राप्त गरेको सफलता र अन्य महत्वपूर्ण भोगाई र अनुभव विद्यार्थीमाझ साट्न उहाँलाई ग्रेस इन्टरनेशनले मिट एण्ड ग्रेट कार्यक्रम राखेर देश दौडाह गराइरहेको छ । उनलाई ग्रेसको शाखा रहेका सबै शहरमा लगिने छ । अनी त्यहाँ रहेका कलेजहरुमा गएर विद्यार्थीसग छलफल पनि गराइने छ । यसले विद्यर्थीमा थप उर्जा दिने विस्वास रहेको ग्रेस दमकका सञ्चालक तथा निर्देशक दिनेश जंग खड्काले जानकारी दिनु भयो ।
दमकको कार्यक्रम सकेर ऐरी सहितको टिम इटहरी, बिराटनगरका शाखा भ्रमण गरेर शुक्रबार काठमाडौ फर्कने र त्यसपछि नेपालको पश्चिम तर्फमा शाखाहरुको भ्रमण गराइने जनाइएको छ ।