रतुवा र मेचिमा बाढि, कहाँ केकेमा भयो क्षती ?

दमक/ झापामा निरन्तर परेको वर्षाका कारण बिभिन्न नदिमा पानीको बहाव बढ्दो छ । आजै कन्काई नदिमा आएको बाढिका कारण ५१ परिवार प्रभावीत भएका थीए । अहिले रतुवा र मेचि नदिमा आएको बाढिले फरक फरक क्षती गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रतुवा नदिमा आएको बाढिका कारण गौरादह नगरपालिका वडा नं ६ स्थित टगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा २५ घर प्रभावित भएका छन् ।

यहाँको बस्तिमा रतुवामा आएको भेल पस्दा नागरीकहरुमा सास्ती भएको थियो भने त्रास उत्पन्न भएको थियो ।त्रसीद भएका स्थानीयले अवस्थाको बारेमा प्रहरीमा खवर गरेका थीए ।

स्थानीयको खवरपछि प्रहरी चौकी कोहबराबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र घिमिरेको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा पानीको सतह केहि घटेको र बस्तिबाट बिस्थापीत भइहाल्नु पर्ने स्थिती नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले त्यहाँ पानीको बहाव घटीरहेको पनि जनाइएको छ ।

यसै गरी मेचिनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गैडा स्थित मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ति छेक्न लगाएको ३ ओटा पिलर सहित थिङकिङ तार समेत बगाएको छ । यसबाट हात्ती प्रभावीत क्षेत्रमा असर पार्न सक्ने भन्दै स्थानीयमा अर्को त्रास पनि बढेको छ ।

बाढिका कारण यहाँ करिव एक लाख रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share: