"खेलाडीको हौसलाकालागी सम्मान"

कोशी प्रदेश : खेलाडी र खेल सम्बद्ध २२१ जनालाई नगद सहित सम्मान(फोटो फिचर)

बिराटनगर /प्रदेश खेलकुद बिकास बोर्ड कोशी प्रदेशले खेल र खेल सम्बन्ध २ सय २१ जनालाई सम्मान गरेको छ ।
बिराटनगरमा आइतबार सम्पन्न भएको सम्मान कार्यक्रममा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता बागमती प्रदेशमा सम्पन्न भएको प्रतियोगीताका १५३ जना खेलाडीलाई सम्मान गरिएको छ भने सोही प्रतियोगीको प्रशिक्षक र ब्यबस्थापक २४ जना गरि कुल १७७ जनालाई नगद सहित सम्मान गरिएको छ ।

प्रतियोगीमा प्राप्त गरेको पदक अनुसार खेलाडीलाई नगद उपलब्ध गराईएको थियो ।

यसैगरी केन्द्रीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभगी ३४ जना खेलाडी र ११ जना ब्यबस्थापक र प्रशिक्षक सहित गरि ४५ जनालाई सम्मान गरिएको छ ।

साथै खेलकुद क्षेत्रलाई प्रबर्द्धन गर्न योगदान गरेको भन्दै उज्यालो खबरका कार्यकारी सम्पादक भुमीराज पराजुली सहित १० जना खेल सम्बन्ध ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।

खेलकुदमा पर्याप्त लगानी गर्न सकिएन : मुख्यमन्त्री कार्की

कार्यक्रमको प्रमुख अतिथी रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले खेलको प्रबर्द्धन, विकास , प्रोत्साहन गर्न समेत सरकारले पर्याप्त लगानी गर्न नसकेको स्वीकार गर्नु भयो । कार्यक्रममा सुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री कार्कीले भन्नू भयो “ नेपाली खेलकुदले अन्तरास्ट्रिय स्तरमा नया पहिचान बनाउन अझै सकेको छैन । यसमा सरकारको नै कमजोरीका कारण पनि यसो भएको हो ।

“ उहाले थप्नु भयो “ हामीले खेलकुदका नया संरचना बनाउन सकेकै छैनौ, खेलाडीलाई प्रोत्साहन गर्ने पर्याप्त कार्यक्रम ल्याउनै सकेनौ, कुन खेललाई हामीले नेपालीको पहिचान बनाउने भन्ने कुरामा हामीले लगानी गर्नै सकेनौ ।


अहिले स्थानीयतह, प्रदेश स्तरमा गठन भएका खेलकुद सम्बन्धीका समिती, बोर्ड र परिषदले केही गतिविधि गरे पनि ती पर्याप्त बन्न नसक्नु सरकारकै पनि कमजोरी रहेको बताउदै उहाले अब यसलाई सुधारेर समग्र खेककुद क्षेत्रलाई चलायमान वनाईने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

झापामा बनिरहेको आदिवासी जनजाति रंगशालालाई प्रदेश स्तरको रंगशाला बनाउने काम धमाधम भईरहेको र बिराटनगरको बैजनाथ रंगशालालाई प्रदेश सरकार मातहतमा ल्याउन पहल भई रहेको पनि उहाले जानकारी दिनु भयो । यी संरचना बनी सकेपछी कोशी प्रदेशमा खेलकुदका गतिविधि थप ब्यबस्थित बन्नेमा सरकार बिस्वस्त रहेको पनि मुख्यमन्त्री कार्कीको भनाई थियो ।

खेलाडीको हौसलाकालागी सम्मान : सदस्य सचिव बस्नेत

कोशी प्रदेशमा रहेका खेलाडीको सम्मानमा गरिएको यो कार्यक्रमले खेलाडीमा थप हौसाला बढ्ने बिश्वास रहेको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बताउनु भयो ।

खेलाडी तथा खेल संबन्ध ब्यक्ती सम्मान कार्यक्रममा बोल्दै उहाले भन्नू भयो “खेलाडीहरुमा सरकार प्रती नैरास्यता बढिरहेको परिप्रेक्षमा आज गरिको सम्मान कार्यक्रमले खेलाडीकालागी पनि सरकार रहेछ, अझ प्रदेश सरकारले समेत खेल र खेलाडीलाई प्रोत्साहन गरेछ भन्ने कुराको सन्देश यो कार्यक्रमले दिएको छ ।

Share: