मैदान फर्कने कसरत

राष्ट्रिय फूटबल खेलाडी रोहन घाईते पछि अव चाँडै मैदान उत्रदै, भन्छन् घाईतेलाई चाँडै निको पार्ने टिम हरेक क्लवमा हुनुपर्ने रहेछ

roshan

दमक/ रोहन कार्की । उमेरले भर्खर २३ वर्षको भएका छन् । तर उनले स्थानीय, जील्ला, प्रदेश र राष्ट्रिय स्तरका बिभिन्न प्रतियोगीतामा उत्कृष्ट फूटलबलर रुपमा खेल खेलीसकेका छन् ।

यही क्रममा उनी डेढ वर्ष अघी स्थानीय स्तरमा भएको एक प्रतियोगीतामा खेल्ने क्रममा घाईते भए । त्यसरी घाईते भएका उनको खुट्टामा चोट लाग्यो । जसले गर्दा उनको हड्डी तथा नसामा समस्या पर्यो ।

तत्कालै उपचार गराउनु पर्ने र आराम गर्नुपर्ने चिकित्सकको सुझाव उनलाई आयो । उनले सोहि बमोजिम गर्दै गए । बिभिन्न बिज्ञहरुले दिएको सुझावालाई अनुशरण गर्ने क्रममा उनी चाँडै मैदानमा फकर्नकालागी स्पोर्टस फिजियो थेरापी गराउन पर्छ भन्ने पनि बुझे । त्यसपछि उनी दमक ६ थानारोडमा रहेको सिटिसि फिजियो थेरापीमा स्पोर्टस फिजियो थेरापी गराउन आए । यहाँका फिजियो थेरापीस्ट बिनोद भट्टराईले भरपुर सहयोग गरेपछि उनी अहिले मैदान फर्कन सक्ने भएका छन् ।

खेल खेल्दा खेल्दै खेलाडीहरु घाईते हुनु सामान्य हो । तर घाईतेपछिको जीवन भने सोचेजस्तो सहज चाहि छैन । कतिपय घाईते खेलाडीहरु समयमा र पर्याप्त उपचार पाउन नसकेर मैदान र्फकन सकिरहेका छैनन । यस्तो स्थितीमा रोहनको सुझाव छ व्यवसायीक खेलाडी राखेर खेल खेल्ने क्लवहरुले अव एक एकजना स्पोर्टस फिजियो थेरापी राख्नु पर्छ । ।जसले घाईते खेलाडीलाई जतिसक्दो चाँडो मैदान फर्कन मद्यत गर्ने छ ।

अहिले उनी ठीक ठाक छन् । उनी अव तत्कालै मैदान उत्रने तयारी गरीरहेका छन् । निरन्तर अभ्यासमा पनि लागीरहेका छन् । झण्डै डेढ महिनाको निरन्तर स्पोर्टस फिजियो थेरोपीले उनलाई मैदान उतात्र मद्यत गरेको हो । अव अझ सशक्त रुपमा मैदान प्रवेश गर्ने र नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा रोहन लागेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन