दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रा स्थित कन्काई माई खोला बगरबाट लोड गर्दै गरेको सखुवा जातको चिरान काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान साढे तीन बजे अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्ने क्रममा अवैद्धरुपमा लोड गर्दै गरेको भेटेपछि नियन्त्रणमा पिक आप भ्यान सहित ५२ क्यु.फिट चिरुवा काठ बरामत गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
‘मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको चिरान काठ (फेन्टा) ५२ क्यु.फिट अं.मुं.रू.१,५६,०००।- (एक लाख छप्पन्न हजार) बराबरको लोड गर्दै गरेको अवस्थामा फेला परेको थियो ।’ झापा प्रहरीले बताएको छ ।
घटनामा संलग्न व्यक्तिहरुभने निरिक्षण टोली देखेपछि फरार रहेकोले पक्राउ नपरेको पनि प्रहरीले जनाएको छ । उनीहरुले त्यहाँ गाडी र काठ छोडेर फरार भएकोले गाडी सहित सो काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गैडे सामुदायिक बन उपभोक्त समितिको बुझाईएको प्रहरीले जानकारी दिएको छ ।