कुकुरको टोकाइबाट गम्भीर घाइते

कुकुरको टोकाइबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी

dkt-aspatal (1)

 

धनकुटा । कुकुरको टोकाइबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी परेका छन् । उनीहरूलाई रेविज लाग्नसक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् ।
बजार तथा गाउँमा बौलाहा छाडा कुकुरले आतङ्क मच्चाउँदा गाउँमा सबै नागरिकहरू त्रसित भएका छन् । कुकरले टोकेर घाइते हुनेमा धनकुटा नगरपालिका वडा नं. ५, ६ र ७ का स्थानीयहरू रहेका छन् ।

घाइतेमध्ये धनकुटा नगरपालिकाको चुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।

कुकुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक र ९० वर्षीया महिलालाई थप उपचारका लागि धरान पठाइएको उनले बताए । बाँकी १० जना घाइते धनकुटा अस्पतालमा उपचारपछि घर फर्केको पोख्रेलको भनाइ छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले १२ जना व्यक्तिहरूलाई कुकुरले टोकेको जानकारी पाएको बताए । उनले कुकुर नियन्त्रण गर्न प्रशासनले प्रहरी परिचालन गरेको जानकारी दिए ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।