सुवास नेम्वाङको स्थानमा पदपूर्ति

एमालेको केन्द्रीय उपाध्यक्षमा गुरु बराल मनोनीत

guru-baral

दमक, १७ साउन । नेकपा एमालेले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनीत गरेको छ ।

 

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले प्रभावशाली नेता बराललाई नियुक्त गर्ने निणर्य गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

 

 

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारीसमेत सम्हाल्दै आउनु भएको थियो । मोरङका बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएको छ । सामाजिक अभियन्ताका रुपमा गाउँबस्तीमा कार्यक्रम लिएर पुग्ने बराल पार्टीका तात्कालिन महासचिव मदन भण्डारीसँग समेत रहेर कुशलतापूर्वक निरन्तर सक्रियतापूर्वक समाज रुपान्तरणको अभियानमा खटिदै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन