काठमाडौँ, १७ साउन । नेकपा एमालेले पार्टीमा सक्रिय योगदान पुर्याउने १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले त्यस्तो निणर्य गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । साथै उहाँले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहनुभएका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको पनि बताउनु भयो । न्यौपाने नेकपा एसबाट मूल घर फर्किनु भएको उल्लेख छ ।
महासचिव पोखरेलका अनुसार एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना (अछाम) का साथै महेश बर्तौला (मकवानपुर) लाई केन्द्रीय सदस्य चयन हुनु भयो । मनोनीत हुने अन्यमा, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशहवा (रौतहट), जितेन्द्रदेव (सप्तरी), रामपृत राम (सिराहा) रहनु भएको छ । उहाँहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नुभएको थियो ।
त्यसैगरी, सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ),आशा जगेबु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीतमा पर्नुभयो ।
त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो ।
एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पीएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी) मनोनीत बन्नुभयो । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत हुनुभयो । सोही पदमा हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मरासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत गरिनु भएको छ ।









