काठमाडौ, १७ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो महिना थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा हुने भएको छ । त्यस बैठकमा सहभागिताका लागि प्रधानमन्त्री ओली बैंकक जानुहुने भएको हो ।