बधशालाको बिजोक

दमकको बधशाला – संरक्षणको अभावमा व्यापारमा मन्दि, स्थानीय भन्छन् ‘दुर्गन्ध फैलिरहेको छ’

दमक, १८ साउन/  दमक नगरपालिका वडा नम्बर ७ स्थित हाटखोला भन्ने बित्तिकै सबैको मनसपटलमा हरेक बुधबार राँगा र बंगुरको सामुहिक बध गर्ने ठाउँको परिकल्पना आउन सक्छ ।

 

कुनैबेला यहाँ रहेको गोसखान पूर्वमै चर्चित थियो । हरेक बुधबार साप्ताहिक हाट लाग्ने गर्दछ । दमकका मात्रै नभएर पूर्वी नेपालका विभिन्न स्थानदेखि राँगा तथा बंगुरहरु ल्याउने र काटेर मासुको कारोबार हुने स्थल हो यो । एकै दिनमा लाखौको कारोबार हुने यो ठाउँबाट कयौले रोजगार पाए अनि धेरैजसो त स्वरोजगार पनि बन्दै आए ।
सर्वसाधारण र व्यापारीको खचाखच हुने यो गोसखान अहिले भने सुनसान जस्तै छ । यहाँ विहानीपख केहीबेर कारोबार हुन्छ । व्यापारीहरु आआफ्नो गन्तव्यमा फर्कन्छन् । दिनभरी मासु बेच्नेहरु यत्तिकै बस्छन् । ग्राहक आउने आशामा त्यसै दिन बित्छ । छेउमा रहेका खाजा खाने टहराको अवस्था पनि उस्तै छ ।

 

यही ठाउँमा बिगत १५ वर्ष भन्दा अघिबाट खाजा पसल सञ्चालन गर्दै आउनु भएकी इन्द्र कुमारी लिम्बुका अनुसार अहिले यहाँ व्यापारीहरु पनि उती आउँदैनन् । न सर्वसाधारण आउँछन् । कसैले पनि ध्यान नदिएका कारण सरसफाईको अभावमा ठाउँ पनि फोहोर भएर दुर्गन्धित छ । यो ठाउँमा दमकको सबैतिरको मासु काट्ने ठाउँ यही सार्ने हो भने दमकको गोसखान पुरानै लयमा फर्कने उहाँको विश्वास छ ।

 

यस्तै, यही ठाउँमा बंगुरको व्यवसाय गर्दै आउनु भएका मननारायण शेर्माका अनुसार यहाँ व्यापार गर्ने व्यापारीहरुले मनोमानी तरिकाले व्यापार गरिरहेका छन् । सरकारले यसमा कुनै नियन्त्रण गर्न सकिरहेको छैन । सरकारी नजरमा नपरेकै कारण यहाँ केही निश्चित व्यक्तिहरुको मनोमानी चलिरहेको शेर्माको ठहर छ । सरकारले यसबारेमा पनि ध्यान दिन उहाँले माग गर्नु भयो । पहिलाकै गोसखानको रुपमा यसलाई फर्काउन सरकारले केही आकर्षक कार्यक्रम ल्याउनु पर्ने उहाँको माग रहेको छ ।

 

अहिलेपनि यहाँ जहाँ मन लाग्यो त्यही पशु बध गरिएको देख्न सकिन्छ । बध गरिसकेपछि खासै सरसफाई नगरिने र नछोपी खुला रुपमा मासुको बिक्री वितरण हुन्छ । जसका कारण मानव स्वास्थ्यमा त यसखाले खुला मासु बिक्रीले असर पारीनै हाल्छ । यो बाहेक यसले पर्यावरणमा समेत असर पारिरहेको छ । यस कारण अव यो गोसखान बजारको बीचमा नराखेर अन्तै सार्नु पर्ने स्थानीय सामाजिक अगुवा प्रविण चाम्लिङको धारणा छ ।

 

तर दमक नगरपालिकाले भनें अरु सबैतिरका बधशालालाई यहीँ ल्याएर एकीकृत बधशाला बनाउने योजना अघि सारेको छ । यसको संरक्षण गर्न यस अघिनै दमक नगरपालिकाले वरीपरि पर्खाल लगाएको छ । उत्तर र दक्षिण दुवै प्रवेशद्धारमा स्थाई गेट निर्माण गरिएको छ । र गत आर्थिक वर्ष कोशी प्रदेश सरकारको सहयोगमा यहाँ प्रशासनिक भवन पनि बनाइएको छ । नगरका प्रवक्ता धर्मप्रसाद दाहाल दिपेशले अव दमक क्षेत्रभित्र छरिएर राँगा र बंगुरको बध गर्नेहरुलाई यही ठाउँमा ल्याएर सातै दिन यहीबाट कारोबार गराउनेगरिको वातावरण बनाइने उल्लेख गर्नुभयो । त्यसकालागि आवश्यक पर्ने अन्य संरचना समेत निर्माण गरी थप व्यवस्थित गर्ने योजनामा उहाँले सुनाउनु भयो ।

 

झण्डै ५ कट्ठा क्षेत्रफलमा रहेको यो गोसखान दमक नगरपालिकाको जमिन हो । यहाँबाट अहिले नगरपालिकाले यतिनै आम्दानी गर्छ भन्ने यकिन तथ्यांक समेत छैन । दमक ७ मै रहेको पशुहाट सहितलाई एकीकृत रुपमा ठेक्का लगाएर नगरपालिकाले एकमुष्ट १ करोड २९ लाख रुपैँया कर उठाउँदै आएको छ ।
फोहोर कसैको पनि मित्रु हुँदैन । यो त रोगको कारक हो । स्वास्थ्यका लागि खाइने मासु र मासु बिक्री वितरणको स्थल पनि उत्तिकै सफा नहुँदा रोगको स्रोत त्यही बन्छ । यसकारण यसको सरकारवाला निकाय दमक नगरपालिका कार्यालयले बधशालाको सरसफाई सहितको व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको