भरुवा बन्दुकसहित ३ जना पक्राउ

दमक, २७ साउन /  प्रहरीले भरुवा बन्दुक सहित चोरीमा संलग्न तीन जनालाई झापाबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा अर्जुनधारा ४ का अन्दाजी १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका मध्ये छिरिङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत बरामद गरिएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान अघि बढाएको उल्लेख छ ।

 

गत शुक्रबार राति अर्जुनधारा ७ मिलडाँडाकी इन्दिरा अधिकारीले संचालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएपछि प्रहरीले चोरी गर्नेमो खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।

Share: