दमक, २७ साउन । क्यान्सर रोग बढ्दै गएपछि संघीय सरकारको कार्यक्रम अन्तर्गत चितवन स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यही भदौबाट सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ ।
संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताउनु भयो । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने जनाउनु भयो ।
प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिने प्रावधान बनाइएको पनि उल्लेख गर्नुभयो ।
कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कणर्ालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।