इटहरी, २७ साउन । इटहरीमा डेढ वर्षीया एक नाबालिकाको ब्लेडले चिरेर वीभत्स हत्या भएको घटनाले मानवीय संवेदना हल्लाएको छ ।
इटहरी उपमहानगरपालिका ५ पचरुखीमा बस्दै आएका ३० वर्षीय शाललिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने डेढ वर्षीया आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ती बालिकामाथि शनिबार दिउँसो ब्लेडले शरीरका चिर्दा रगत बगेर ज्यान गएको प्रहरीले जनाएको छ ।
लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जनाउनु भयो । तीन वर्षअघि घरको छतबाट हाम फालेर ढाड भाँचिएको अवस्थाका लुइटेल मानसिक रुपले समस्यामा रहेको बुझिएको उहाँले बताउनु भयो ।