जूवा काण्डमा कोशीका पूर्व मन्त्री राजभण्डारी सहित ११ पक्राउ

विराटनगर, २७ साउन/  कोशी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बुद्धिबहादुर राजभण्डारी सहित ११ जनालाई प्रहरीले जूवाको खालबाट पक्राउ गरेको छ ।

 

प्रहरीले पूर्वमन्त्री राजभण्डारीसहित जूवा खेलिरहेका अवस्थामा सोलुखुम्बुको सोताङ गाउँपालिका पूर्व अध्यक्ष वीरबहादुर राई, कार्यपालिका सदस्य उत्तमकुमार राई, हाँस्यकलाकार पुरुषोत्तम शर्मा सहितलाई काठमाडौंको सिनामंगलस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

जुवा खेल्दै गरेको अवस्थामा १ लाख नगद सहित महानगरीय प्रहरीले शनिवार राति पक्राउ गरी आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको उल्लेख छ ।

Share: