उद्योगलाई निरुत्साहन

मेसिन किन्न ८ करोड ऋण नपाउँदा ३६ करोड ५० लाखको मल र ग्यास त्यसै खेर

दमक, २८ साउन /  नजान्दा फोहोर वातावरण प्रदुषण हो अर्थात काल हो । तर जान्दा फोहोर गतिलो माल हो अर्थात मोहोर हो ।

 

फोहोरलाई मोहोर बनाउने कटिबद्ध योजनाका साथ दमकमा नेक्स्ट इरा इनर्जी प्रालि रोहन ट्रेडर्स प्रालि जेभीले ०७७ सालबाट काम थालनी गर्यो । ०७७ माघ १० गते बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सम्झौता गरेर दमक नगरपालिका कार्यालयमार्फत फोहोर संकलनको काम सुरु भयो ।

 

जसकालागि २० करोड ५८ लाख ९७ हजार रुपैयाँको परियोजना बन्यो । त्यसमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ५ करोड ८ लाख रुपैयाँ अनुदान दियो । त्यसपछि परियोजनामा भौतिक निर्माण कार्य अघि बढ्यो र विगत २ वर्षदेखि त्यहाँबाट मल र ग्यास उत्पादन सुरु भयो । तर दैनिक २० टन फोहोर संकलन गरेर दैनिक रुपमा १० टन प्रांगारिक मल १ हजार १ सय केजी ग्यासगरेर दैनिक ५ लाख रुपैयाँ बराबरको उत्पादन अहिले त्यसै खेर गइरहेको छ । दुई वर्षदेखि यी उत्पादन बिक्री हुन पाएको थियो भनें हालसम्म कम्तिमा ३६ करोड ५० लाख रुपैयाँ त्यसबाट आम्दानी हुने थियो । फोहोरबाट बनेको यत्रो मोहोर आखिर के कारणले खेर गइरहेको छ त ?

 

यस सन्दर्भमा नेक्स्ट इरा इनर्जी प्रालि रोहन ट्रेडर्स प्रालि जेभीका प्रवन्ध निर्देशक विमल खतिवडाले कम्पनीले उत्पादित सामग्री बजारीकरणका लागि आवश्यक उपकरण खरिद गर्न समस्या भएको जनाउनु भयो । उहाँ भन्नुहुन्छ ‘ग्यास वितरणका लागि पाइपलाइन सहितका उपकरणका लागि सरकारलाई भनिरह्यौं । त्यो सुनुवाई भएन । त्यसपछि यही कम्पनीको प्रपर्टीलाई धितो मानेर ऋण माग्न बैंक धाउँदा छुट्टै धितो माग्ने काम भएपछि समस्या भयो । ८ करोड हाराहारी रकमको अभावले वर्षको कम्तिमा पनि ३६ करोड ५० लाखको आम्दानी त्यसै खेर गइरहेको छ ।’ उहाँले सरकारले योजना बनाएपछि आफुहरुले सहकार्य थालेको अवस्थामा यसरी अलपत्र पार्न नहुने उहाँको धारणा छ । भन्नुहुन्छ ‘कम्पनीलाई क्षतिपूर्ति दिएर यो परियोजना सरकारले नै चलाओस् । हामीलाई अब ज्यादै गाह्रो भयो ।’

 

 

आखिर सरदर ८ करोड रुपैयाँ सहुलियतमा ऋण नपाएको अवस्थाले हालसम्म ३६ करोड ५० लाख आम्दानी खेर जानु विडम्बना मान्नुपर्छ । हालका प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा उहाँकै निर्वाचन क्षेत्रमा अघि बढेको यो परियोजना त्यसै अलपत्र बन्ने अवस्था रहन्छ कि ? यसको व्यवस्थापन होला त ? यत्तिको उद्योग स्थापना गरेर थालिएको यो काममा बजारीकरणमा सघाउने केही उपकरण व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकायले सोच्नु पर्ने होइन र ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग