दमक, २८ साउन / प्रहरीले झापाको दमकबाट एक युवालाई पेस्तोल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक ८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले. जनाएको छ ।
दमक ५ को बानेश्वर हाइट मार्गमा को.३८ प ५६४९ नम्बरको स्कुटरमा यात्रारत गजमेरलाई २ थान म्यागजिन सहितको एक थान इटालियन पेस्तोल सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको उल्लेख छ ।