दमक, २८ साउन / दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले दुई पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ ।
संस्थाको २८ औं वार्षिक उत्सव र ३० औं साधारणसभाको सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सो को जानकारी गराउनु भएको छ । जसमा संस्थाका संस्थापक अध्यक्ष गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापित १ लाख रुपैयाँ राशिको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ठ सहकारी अभियन्ता पुरस्कार’ नेपाल बचत तथा ऋण सहकारी संघ र एशियाली ऋण महासंघका पूर्व अध्यक्ष काठमाडौंस्थित बाबियाखर्क साकोसका वर्तमान अध्यक्ष ऋषिराज घिमिरेलाई प्रदान गर्ने निणर्य भएको छ ।
‘गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार’बाट बिर्तामोडस्थित साझा मञ्च अनलाइनका प्रधानसम्पादक गोपाल काफ्ले र ‘मेची सहकारी पत्रकारिता पुरस्कार’ बाट दमकस्थित हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीलाई प्रदान गरिने पनि जानकारी गराइएको छ ।
संस्थाको भदौ १२ गते हुने साधारणसभाको समापनका अवसरमा पुरस्कार वितरण गरिने छ ।