गौरादह ४ र ५ मा धनिपुर्जा वितरणको प्रक्रिया अघि बढ्दै

दमक, २८ साउन धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुका लागि धनीपुर्जा वितरणका लागि प्रक्रिया सुरु भएको छ ।

 

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गौरादह ४ र ५ को जग्गा दर्तासम्बन्धी कार्य द्रुतगतिमा अगाडि बढाइने बताउनु भएको छ । गौरादह ५ स्थित नमूना पाहुना घरको सभाहलमा आयोजना गरिएको जग्गा दर्ता आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले जग्गा दर्तासम्बन्धी कार्य ६ महिनाभित्रमा समाधान गर्न मन्त्रालयले जिम्मेवारी बहन गरेको बताउनु भयो ।

 

हाल गौरादह ४ र ५ (साविक महारानीझोडा गाविस) का करिव ५ हजार विगाह जग्गा करिव साढे ७ हजार जना विगत ६ दशकदेखि धनीपुर्जाविहीन बन्दै आएका थिए ।

ती जग्गासम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको निर्देशनमा अधिकारसम्पन्न समिति गठन गरिएको बताउँदै काम थालिएको मन्त्री अधिकारीले बताउनु भयो ।

 

 

जग्गा दर्ताको पहलबारे जानकारी गराउँदै संविधानसभा सदस्य दिपक कार्कीले अघिल्लो पटक गठित भूमि आयोगले काम गर्न नसक्नुमा कानुनी जटिलता नै मुख्य कारण भएको प्रष्ट्याउनु भयो ।
कोशी प्रदेशसभा सभासद अम्बरबहादुर विष्टले सरोकारवाला सबैको साझा प्रयासबाट मात्रै यसलाई निराकरण गर्न सकिनेमा जोड दिनु भयो ।

गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले कार्यसम्पादनमा नगरपालिकाले खेल्नुपर्ने सबै भूमिकाको लागि तत्पर रहेको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो