बंगलादेशबाट नेपाली फर्काउन इत्तेहातको माग

काठमाडौँ, २८ साउन मुस्लिम इत्तेहात संगठन नेपालले बंगलादेशमा रहेका बाँकी विद्यार्थीसहितका नेपालीहरुलाई नेपाल फर्काउन माग गरेको छ ।

 

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थी, व्यवसायी र पर्यटकको सुरक्षा तथा नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

 

 

खुला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहने ठहर गर्दै सुनियोजित रूपमा रोहिंग्या सहितलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

 

बंगलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नचाहने तत्वहरूले फैलाउन खोजिरहेको गलत क्रियाकलापप्रति असहमति जनाएका छन्

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो