बंगलादेशबाट नेपाली फर्काउन इत्तेहातको माग

काठमाडौँ, २८ साउन मुस्लिम इत्तेहात संगठन नेपालले बंगलादेशमा रहेका बाँकी विद्यार्थीसहितका नेपालीहरुलाई नेपाल फर्काउन माग गरेको छ ।

 

संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थी, व्यवसायी र पर्यटकको सुरक्षा तथा नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

 

 

खुला सिमानाको कारण बंगलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहने ठहर गर्दै सुनियोजित रूपमा रोहिंग्या सहितलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

 

बंगलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नचाहने तत्वहरूले फैलाउन खोजिरहेको गलत क्रियाकलापप्रति असहमति जनाएका छन्

Share: