क्लब हिमालयन टाइगरबाट फलफूल, पानी र मोही वितरण

दमक, २८ साउन / क्लब हिमालयन टाइगर दमकले सोमबार धनेश्वर मन्दिरमा पूजा गर्न आएका भक्तजनलाई प्रसादका रुपमा फलफूल, पानी र मोही वितरण गरेको छ ।

 

संस्थाको कोष समेतबाट गरी २५ हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको संस्थाका महासचिव राजु खड्काले जनाउनु भयो ।

 

साउनको अन्तिम सोमबार शिवालयमा पूजा गर्न आएका भक्तजनका लागि संस्थाले ६० लिटर मोही, ३ काटुन स्याउ, ३ काटुन कोला र २० काटुन पानी वितरण गरेको उहाँले बताउनु भयो । त्यहाँ संस्थाका पदाधिकारी र सदस्यहरु बसेर ती सामग्री वितरण गरिएको थियो ।

Share: