दमक ६ लाई ‘मेची सहकारीको वडा’ बनाउने योजना

दमक, २८ साउन /  झापाको दमक ६ मा २८ वर्षअघि स्थापित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले मुख्य कार्यालय रहेको सो वडालाई ‘मेची सहकारीको वडा’ बनाउने योजना अघि सारेको छ ।

 

संस्थाको २८ औं वार्षिक उत्सव र ३० औं साधारणसभाको सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विगत तथा आगामी योजनाको समीक्षाका क्रममा सो कुरा जानकारी गराइएको छ ।

 

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले अवको वर्ष २ हजार ४ सय सदस्य थप गर्ने योजना सुनाउँदै दमक ६ का सवै घरपरिवारलाई मेची सहकारीको सदस्य बनाएर ‘मेची सहकारीको वडा’ घोषणा गर्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले हालसम्म १२ वटा सेवा कार्यालय रहेकोमा मोरङको सुन्दरहरैंचामा पनि सेवा कार्यालय थप गरी आफ्नो प्रभाव विस्तार गर्ने योजना बताउनु भयो । उहाँले कर्जामा डेढ प्रतिशत ब्याज न्यून गरेर सदस्यलाई सहजता प्रदान गरिएको जनाउनु भयो ।

 

०५४ साल भदौ १२ गते २९ जनाबाट १ लाख ४५ हजार शेयर रकम जम्मा गरी अघि बढेको संस्थामा हालसम्म १६ हजार ३ सय ४८ सदस्यबाट ३ अर्ब ८७ करोड ८६ लाख भन्दा बढी वासलात जम्मा हुन पुगेको छ । यो वासलात गत वर्षको भन्दा ९.२० प्रतिशतले बृद्धि हुन पुगेको छ । ३७ करोड ४९ लाख माथि शेयर पुँजी भई संस्थाले १० करोड आम्दानी गरेको पनि पत्रकारहरुलाई जानकारी गराइएको छ ।

 

अचल सम्पत्तिमा लगानी नगर्नु, विनाधितो अस्वच्छ प्रतिष्पर्धामा जोखिम अवस्थामा ऋण नदिनु, सवै कारोबारलाई सुरक्षित गर्दै संस्थालाई योजनावद्ध रुपमा सञ्चालन गर्न सकेकोले कुनैपनि प्रकारका संकट आउँदा पनि संस्थाको गतिमा अवरोध नआएको अध्यक्ष भट्टराईले प्रष्ट्याउनु भयो ।

 

१४ शिर्षकबाट बचत संकलन र १२ शिर्षकबाट कर्जा लगानी गर्दै आएको संस्थाले ‘रुपैयाँ एक सेवा अनेक’ लगायतका सामाजिक सेवाका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । आफ्ना १२ वटा सेवा कार्यालय रहेपनि कम्तिमा सात वटा इकाई मानेर प्रत्येक इकाईमा इकाईगत साधारणसभा गर्दै भदौ १२ मा प्रमाणिकरण साधारणसभा सम्पन्न गर्ने संस्थाको योजना रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो