बेलबारीमा हात्तीको छावा मृत अवस्थामा फेला

दमक, २९ साउन / मोरङको बेलबारी-३ करमडाँडाको एक निजी वनमा जंगली हात्तीको एउटा छावा मृत अवस्थामा फेला परेको छ ।

 

स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा करिब ४ वर्षको हात्तीको छावा मंगलबार विहान मृत फेलापरेको बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

 

सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले बताउनु भयो । छावाको मृत्युको कारण भनें खुलिनसकेको उहाँले जनाउनु भयो ।

Share: