कोशीका ५ पालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम तय

विराटनगर, २९ साउन ।  कोशी प्रदेशका पाँच पालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुने भएको छ ।

 

झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फोकफाकथुम गाउँपालिकामा कार्यक्रमका लागि ३ करोड ७५ लाख रुपैयाँको लगानी तय भएको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन हुने गरी पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भको दिशामा अघि बढेको जनाइएको छ । सम्झौता गर्नका लागि पालिकाका प्रमुख र उपप्रमुखहरु विराटनगर आएका थिए ।

 

 

सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले रोजगार बृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दावी गर्नुभयो ।

 

कार्यक्रमबाट दुईसय व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिनुभयो । कृषि मन्त्रालयका सचिव डा.लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागिपर्ने बताउनुभयो ।

Share: