मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २९ साउन /  झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर २ जनताबजारस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

 

सोमबार राति ९ बजेको समयमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे. ४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट बाह्रदशी १ नयाँ बस्तिका अन्दाजी ४२ वर्षीय पैदलयात्री च्याङ्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार विहान ११ः४५ मा मृत्यु भएको जनाइएको छ । मोटरसाइकल पछाडी यात्रा गर्ने कचनकवल गाँउपालिका १ बस्ने १९ वर्षीय श्रवण राजवंशी सख्त घाइते भइ सोही अस्पतालमा उपचाररत रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

Share: