मैत्रीपूणर् भेट्रान फुटबलमा झिलझिले विजयी

दमक, २९ साउन / अन्तर्रास्ट्रिय युवा दिवसको सन्दर्भमा शिवसताक्षीस्थित झिलझिलेमा सम्पन्न मैत्रीपूणर् भेट्रान फुटबलमा झिलझिले भेट्रान विजयी बनेको छ ।

 

झिलझिलेले दूधे क्लासिक क्लबलाई टाईबे्रकरमा ३ -५ गोल अन्तरले पराजित गरी आफु विजयी बनेको हो । विजेता झिलझिलेले पुरस्कार स्वरुप कप प्राप्त गरेको छ ।
मिसिओ म्यूनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन बिरूद्धको सवलीकरण परियोजना’ अन्तर्गत खेलको आयोजना गरिएको हो ।

 

खेलको उद्घाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाको युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख छविलाल ढकालले खेलको माध्यमवाट युवाहरूलाई अनुसाशित र स्वथ्य राख्न मद्धत पुग्ने भएकाले यस्ता गतिविधि हुन आवश्यक रहेको बताउनु भयो ।

 

प्रतियोगितामा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बहादुर आङ्वो, वडा सदस्य पर्शुराम अधिकारीका साथै रोजगार शाखा प्रमुख, खेलकुद समिति, कारितासका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो । कार्यक्रम कारिततासका प्रादेशिक प्रमुख शंकरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको कारितासका चीरञ्जिवी लुईटेलले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।