दमक, २९ साउन / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा डेंगु तथा हैजा संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणमा चासो बढाएको छ ।
मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको उल्लेख छ ।
मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै असरग्रसत क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिने जनाइएको छ । खानेपानीबाट फैलिने हैजाको नियन्त्रणमा खानेपानीको गुणस्तर सुधार गर्न छलफल अघि बढाइएको मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।