उर्लाबारी, २९ साउन / उर्लाबारी उद्योग वाणिज्य संघको आगामी भदौ ९ गते हुने निर्वाचनका लागि प्रमुखरुपमा तीन प्यानल बनाएर व्यवसायीहरु प्रतिष्पर्धामा उत्रिएका छन् । जसमा अध्यक्षका लागि तीनजना अनुभवी व्यवसायीले प्रतिष्पर्धा गर्दैछन् ।
नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राप्रपा र जसपा नेपाल निकट व्यवसायीहरुले लोकतान्त्रिक समावेशी व्यावसायिक साझा गठबन्धनको प्यानल घोषणा गरेर तारामान सेरेङ लिम्बूलाई अध्यक्षको उम्मेदवार बनाइएकनेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राप्रपा र जसपा नेपाल निकट व्यवसायीहरुले लोकतान्त्रिक समावेशी व्यावसायिक साझा गठबन्धनको प्यानल घोषणा गरेर तारामान सेरेङ लिम्बूलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । नेकपा एमालेबाट रामबहादुर थापा र नेपाली कांग्रेस निकट रहेपनि हाल स्वतन्त्र उम्मेद्वारका रुपमा विनोद न्यौपाने अध्यक्षको दाबेदार बन्नुभएको छ । संघमा लिम्बू र न्यौपानेले बरिष्ठ उपाध्यक्ष र थापा महासचिवको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।
लिम्बूको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभू दिलुङ्छा राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा दशरथ यादव ( बेचन) उम्मेद्वार बन्नुभएको छ । सदस्यहरुमा केशव भट्टराई, दिपक कार्की, फुर्वा तामाङ, सोमबहादुर गजमेर र मदन दाहाल, लेखा संयोजकमा मनोज लुइटेल, सदस्यहरुमा बासु घिमिरे र मोहनलाल पाठक उम्मेद्वार हुनुहुन्छ ।
उता, थापाको समूहबाट बरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, उद्योग उपाध्यक्षमा सुनिल बोहोरा, वाणिज्य उपाध्यक्षमा विकाश बुढाथोकी, महासचिवमा सम्झना खतिवडा, उद्योग सचिवमा नन्द शर्मा दाहाल ( नविन), वाणिज्य सचिवमा विनिता दाहाल, सदस्यमा सोम सेन्चुरी र कपिलेश्वर नायकलाई उम्मेदवार बनाइएको छ । एमालेले विभिन्न राजनीतिक दलसँग छलफल गरी गठबन्धन बनाउन केही पद खाली राखेको भएपनि साना दलहरु कांग्रेस नेतृत्वको प्यानलमा आवद्ध भएपछि एमालेले सबै पदमा उम्मेदवार दिन सकेन ।
कांग्रेस निकट व्यवसायी विनोद न्यौपाने र ज्ञानकुमार श्रेष्ठले अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । यी दुईलाई कांग्रेसबाटै यसअघि संघको अध्यक्ष भइसकेका पाँच जना अध्यक्षको साथ रहेको बताइन्छ । उपाध्यक्षमा मनोहरि दाहाल, महासचिवमा नुतन राई (पीके) र टिकाप्रसाद भट्टराई (भाईटिका) को उम्मेद्वारी परेको छ । लोकतान्त्रिक समावेशी व्यावसायी साझा गठबन्धनले १६ पदमै उम्मेद्वारी दर्ता गराएको छ भने एमालेको प्रगतिशिलतर्फबाट १३ जनाको मात्रै उम्मेद्वारी परेको छ । संघको चुनावीसभाको लागि १६ वटा पदमा ३४ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समिति संयोजक महेन्द्रजंग तामाङले बताउनुभयो ।
संघको ३६ औं वार्षिक साधारणसभा भदौ ८ गते र निर्वाचन ९ गते हुँदैछ । संघमा १ हजार २ सय १२ जना मतदाता रहेका छन् ।