वडा कार्यालयले जन्मदर्तासँगै फोटोफ्रेम घर घरमा पुर्‍याउँदै

5er9Itp4

पथरी, २९ साउन /  पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले वडावासीको सुविधाका लागि गतवर्षदेखि कागजपत्र होमडेलिभरी गर्नेगरी नेपालमै फरकखाले कार्यक्रम ‘वडादेखि ढोकासम्म’ निरन्तर संचालन गर्ने क्रममा एउटा कार्यक्रम थप गरेको छ ।

 

बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यलयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट खबर भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरैमा लगिदिनेछ । कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि अब वडा नम्बर ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार जन्मदर्तासँगै होमडेलिभरी गर्ने कार्यको पनि मंगलबारबाट औपचारिक रुपमा सुरुवात भएको छ ।

 

वडाको माझी टोल निवासी मिलन परियार र भोजकुमारी परियारको छोरा अमन परियारलाई जन्मदर्ता साथै फोटोफ्रेम घरमै गएर हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष नवीन कार्की, वडा सचिव बालकृष्ण राई, वडासदस्य झमकबहादुर लिम्बू सहितको टोलीले होमडेलिभरी गरी फोटोफ्रेम दिने कार्यक्रमको सुभारम्भ गरेको हो ।
‘सुत्केरी आमाहरु वडामा आउनु पर्दैन, हामी तपाईंको घरमा आउछौं’ भन्दै गाउँमा सम्बन्धित सबैजनालाई यसखाले सुविधाको उपभोग गर्नका लागि खबर पुर्याउन वडाध्यक्ष कार्कीले अपिल गर्नुभएको छ ।

 

जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्मप्रमाणित, मृत्युप्रमाणित, अस्थायी/स्थायी बसोबास प्रमाणित, आर्थिक बिपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा भएपछि राज्यले दिने ज्येष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस वडा कार्यालयबाट होमडेलिभरी हुने गरेको छ । यसका साथै रातो र निलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित कागजात पनि वडामै घर घरमै पुर्‍याउने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित