फुटसलको उपाधि दमकको ग्लोबल क्याम्पसले जित्यो

दमक, २९ साउन / अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डाइनामिक पब्लिक लाइब्रेरी अन्तर्गतको डीपीएल टिन्स् बोर्डको आयोजनामा सम्पन्न फुटसल प्रतियोगितामा दमककै ग्लोबल एजुकेसन एकाडेमीले उपाधि जितेको छ ।

 

झापा र मोरङका प्लस टु तहको विद्यालयहरुबीचको सो प्रतियोगितामा मोरङको उर्लाबारीस्थित पशुपति आवासीय माविले दोस्रोस्थान हाँसिल गरेको छ ।

 

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई क्रमशः २० हजार र १० हजार नगद सहितका पुरस्कार प्रदान गरिएको कार्यक्रमका सभाध्यक्ष शुभम् सिग्देलले जनाउनु भयो ।

 

दुई दिने सो प्रतियोगितामा दमकका १३, कमलको १ र उर्लाबारीका २ टिमको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु