पथरी, ३० साउन / मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरी शनिश्चरेका युवा प्रकाश चौहानका जिताउन परिवारले भोटको अपिल गरेको छ ।
पथरीशनिश्चरे—४ का चौहान मिस्टर नेपाल वर्ष २०२४ को फाइलनमा पुग्नु भएको हो । भदौ पहिलो साता हुने फाइनलमा चौहानलाई जिताउन पथरी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी भोट अपिल गरेको छ ।
पथरी जेसीजका अध्यक्ष राज तिरुवाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतिष्पर्धी चौहानका बुवा गणेश, आमा प्रमिला र दिदी सरस्वती चौहानले भोट दिएर जिताउन सबैमा अनुरोध गर्नुभयो ।
पत्रकार सम्मेलनमा पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पर्शुराम कार्की, जेसीज टिम लगायतको उपस्थिति रहेको थियो ।