भौतिक पूर्वाधार क्षेत्रमा व्यवस्थित योजना बनाएर अघि बढ्ने – मन्त्री दाहाल

दमक, ३० साउन / संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार क्षेत्रको व्यवस्थापनका लागि व्यवस्थित योजना बनाएर अघि बढ्ने बताउनु भएको छ ।

 

मन्त्रालयका अधिकारीहरु सहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुग्नु भएका मन्त्री दाहालले स्थानीय सहित पत्रकारहरुको जिज्ञासामा सो कुरा बताउनु भएको हो । यसबेला स्थायी प्रकृतिको सरकार बनेको दावी गर्दै मन्त्री दाहालले दिर्घकालिन कामका लागि डीपीआर बनाएर भौतिक पूर्वाधारको क्षेत्रमा व्यवस्थित काम अघि बढाउने बताउनु भयो । मेलम्ची खानेपानी आयोजनालाई बाढी सहितको प्राकृतिक कारणले बेला बेला समस्या सिर्जना गर्ने गरेको अवस्थामा यसलाई स्थायी समाधानको बाटो खोजेर निरन्तर सञ्चालन गर्ने जनाउनु भयो ।

 

अनुगमन्का क्रममा उहाँले अरनिको राजमार्गलाई जोखिमरहित र सुरक्षित बनाउने सन्दर्भमा निर्माण कार्यमा भइरहेको ढिलासुस्ति हटाई निर्माणको कार्य तीव्र बनाउन समेत निर्देशन दिनु भएको छ ।

 

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहित पुग्नु भएका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी र पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तिलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका छन् ।

 

सुनकोशी खोलामा निर्माणाधिन पुल निर्माणमा ढिलाई भइरहेको भन्दै पुल तथा सडकका संरचना निर्माणलाई गति दिनुपर्ने पनि स्थानीयको माग छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो