कोशी प्रदेशमा डेंगुको संक्रमण बढ्दो, नियन्त्रणमा पालिकाहरुसँग छलफल

Female Aedes aegypti mosquito, a carrier of the Dengue fever, feeding on the human skin, 2005. Image courtesy Centers for Disease Control (CDC) / James Gathany. (Photo by Smith Collection/Gado/Getty Images)

विराटनगर, ३१ साउन /  कोशी प्रदेशमा डेंगु रोगको संक्रमण बढ्दो रुपमा रहेपछि यसको नियन्त्रणका विषयमा पालिकाहरुका प्रतिनिधिसँग छलफल चलाइएको छ ।

 

बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डंगु सङ्क्रमित भएको र दिनदिनै संक्रमित थपिदै गएर यसको नियन्त्रणमा चुनौति थपिएको प्रदेश स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । उसले डेंगु नियन्त्रणका लागि बुधबार साँझ पालिकाका प्रमुख र उपप्रमुखहरुसँग छलफल गरी पालिकाहरुले समेत सक्रियता अपनाउन अनुरोध गरेको छ । लामखुट्टेबाट सर्ने डेंगु नियन्त्रणका लागि मुख्य रुपमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गर्नु आवश्यक रहेको कुरा छलफल भएको उल्लेख छ ।

 

 

यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएको धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी गराउनु भयो । सो अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएको उहाँले उल्लेख गर्नुभयो । डेंगु संक्रमणले झापामा एकजनाको मृत्यु समेत भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा