मेची सहकारीले ३ करोड १२ लाख कर तिर्‍यो

पथरी, ३१ साउन /  पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सहकारीहरू ऐन भन्दा बाहिर गएर कारोबार गर्दा समस्यामा पर्ने गरेको बताउनुभएको छ ।

 

 

तुम्वापोले बिहीबार दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको पथरी सेवा केन्द्रको वार्षिकोत्सव तथा साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै सो कुरा बताउनु भएको हो । तुम्वापोले नगरले पनि सहकारी जोखिममा जान अवस्था नहोस् भनेर तालिमहरु सञ्चालन गर्दै विभिन्न विषयमा जानकारी दिई सहयोग प्रदान गरिरहेको बताउनुभयो ।

 

मेची सहकारीका कार्यकारी प्रमुख खोमबहादुर बगालेले देशको आर्थिक प्रवद्र्धनमा सहकारी संस्थाको भूमिका महत्वपूणर् रहेको भन्दै गत आर्थिक वर्षमा संस्थाले राज्यलाई ३ करोड १२ लाख रुपैयाँ कर तिरेको बताउनु भएको छ । हरियाली सामुदायिक वनको हलमा सम्पन्न सभामा बोल्दै बगालेले राज्यले आवश्यक भन्दा बढी सहकारी दर्ता गर्न दिनु पनि समस्याको कारण बनेको दावी थियो ।

 

कार्यक्रममा विविध विधामा शेयर सदस्य तथा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

Share: