दमक, ३१ साउन / स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा आईएमइ लाइफ इन्सुरेन्सले दमकका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
इन्सुरेन्सको दमक शाखाले बिहीबार दमक ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्यन गर्ने १५ जना दृष्टिविहीन विद्यार्थीलाई एक कार्यक्रमकाबीच शैक्षिक सामग्र्री प्रदान गरेको दमक शाखाका प्रमुख निमा शेर्पाले जानकारी दिनुभयो ।
आईएमइ लाइफ इन्सुरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत योखाले काम गर्न पाएको भन्दै शेर्पाले आफुहरुमा थप उत्साह बढाएको सुनाउनु भयो । अन्य तहका विद्यार्थीलाई सबैले सहयोग गर्ने तर दृष्टिविहीनहरुलाई निकै कमको मात्र ध्यान पुग्ने भएकोले आफुहरुले यो खाले सहयोग गरेको शेर्पाले बताउनु भयो ।
सो विद्यालयमा अहिले १५ जना विभिन्न तहका दृष्टिविहीनहरु अध्ययन गर्ने गर्दछन् । उनीहरुलाई त्यहाँ आवासीय समेतको सुविधा रहेको छ । शैक्षिक सामग्री बुझेपछि विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले आईएमइले दृष्टिविहीन विद्यार्थीकालागि दिएका सामग्री निकै महत्वपूणर् रहेकाले यसले उनीहरुको पढाईमा मद्यत पुग्ने बताउनु भयो ।
कार्यक्रममा ब्रेल पेपर १२ रिम, ब्रेल प्लेट १५ थान गरी ५० हजार रुपैँया बराबरको सामग्री वितरण गरेर दृष्टिविही विद्यार्थीको सिकाईमा उत्साह भर्ने काम भएको छ ।