चारवटा औषधी पसलमा गरियो सिलबन्दी

wyMU9qmk

पथरी, ३१ साउन /  पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले पथरी शनिश्चरे नगर क्षेत्रका चारवटा औषधी पसलमा सिलबन्दी गरेको छ ।

 

बिहीबार नगर उप-प्रमुख देवीमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमन टोलीले ९ नम्बरको पुलचौकस्थित आचार्य एग्रोभेट औषधी पसल, ७ को बकैनाडाँडाको प्रेम लिम्बुको औषधी पसल सिल गरेको छ । दुवै औषधी पसलको दर्ता प्रमाण-पत्र नभएको र मिति सकिएका औषधीहरु समेत पसलमा भेटिएकोले सिल गर्नुपरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिनुभयो ।

 

यसैगरी, हेमराज चन्द्रवंशीले वडा नम्बर ६ को भातेगौडामा र ४ को सम्झना चौकमा सञ्चालन गरेको दुबै ठाउँको औषधी पसल पनि सिल गरिएको छ । अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन