एमाले दमक ५ ले गर्‍यो सेल्टर दिनेलाई सम्मान

दमक, ३२ साउन । नेकपा एमाले दमक ५ नम्बर वडा कमिटीले भूमिगतकालमा पार्टीलाई सुरक्षित वासस्थान अर्थात सेल्टर दिने सो वडाका १० जना सहित पार्टीका अगुवा ५७ जनालाई शुक्रबार सम्मान गरेको छ ।

 

 

वडा कमिटीको दोस्रो अधिवेशनका अवसरमा पार्टीलाई सेल्टर दिने १० जना र ६० वर्षमाथिका ४७ जना पार्टी सदस्यलाई सम्मानित गरिएको हो ।

 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

 

 

कार्यक्रममा संविधानसभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य दीपक कार्की, केन्द्रीय सदस्य इन्द्र भण्डारी, केन्द्रीय अनुशासन आयोग सदस्य अर्जुन राई, प्रदेश सदस्य सुशील राई, जिल्ला सदस्य बोधप्रसाद घिमिरे, दमक नगर अध्यक्ष राम पौडेल लगायतले पार्टीलाई थप सक्रिय बनाउँदै अघि बढ्ने धारणा राख्नु भयो ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Share: