मुख्यमन्त्री कार्कीको सय दिनमा ६० वटा कामको विवरण सार्वजनिक

विराटनगर, ३२ साउन   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनमा ६० वटा काम गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।

 

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उहाँले आफूले सय दिनभित्र ६० काम गरेको भन्दै सो को विवरण सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरूलाई पनि समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो । प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको जनाउनु भयो । केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ ।

 

 

प्रदेशमा वर्ष २०८१ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेको विषयलाई पनि सय दिने उपलब्धिका रुपमा उल्लेख गरिएको छ । तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन, कोशीलाई पूणर्खोप प्रदेश घोषणा गरेको र धनकुटाको भेंडेटारमा निर्माण भएको स्काईवाक उद्घाटन गरेर सञ्चालन, मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सीएम कार्यक्रम सञ्चालन, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सञ्चालन र प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको लगायतलाई सयदिनको उपलब्धिमा राखिएको छ ।

 

त्यस्तै, संखुवासभा र चीनसँग जोड्ने किमाथाङ्का नाका खुलाएको, पहाडका ६ जिल्लामा भेटेरनरी उपचार केन्द्र सञ्चालन र विपदमा परेकाहरूलाई राहत तथा उद्धारमा सहयोग गरेको पनि उपलब्धिमा समावेश गरिएको छ ।

 

 

पाथिभरा, हलेंसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति, केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यान्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेको तथा दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उपलब्धिका सूचीमा उल्लेख गरिएको छ ।

 

 

मुख्यमन्त्री कार्की गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो