बुद्धशान्तिमा अस्थाई प्रहरी पोष्ट स्थापना

दमक, २ भदौ /  झापाको बुद्धशान्ति ४ मंगलबारेमा आइतबार स्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।

 

एक कार्यक्रमकाबीच झापा १ का संविधानसभा सदस्य विश्वप्रकाश शर्माले प्रमुख अतिथिका रुपमा सो पोष्टको उद्घाटन गर्नुभएको छ । उहाँले स्थानीयको शान्ति सुरक्षामा सरकारले जोड दिने क्रममा प्रहरी पोष्ट स्थापना भएको बताउनु भयो ।

 

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी प्रमुख मिलन केशी सहित जनप्रतिनिधि, सुरक्षा अधिकारी सहितको उपस्थिती रहेको थियो । सो पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी रहने व्यवस्था गरिएको झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी गराउनु भयो ।

Share: